प्रहरीबाटै कुटीए रिक्सा चालक 

हेटौडा न्युज
२५ माघ २०७६, शनिबार २१:५९
;

बुटवलमा विद्युतीय रिक्सा चालक प्रहरीबाटै कुटीएका छन् । प्रहरीको कुटीएका ई–रिक्साचालक भवन सिंजाली मगर घाइते भएका छन् । घाईते सिंजालीका अनुसार ब्लुबुकको बिषयमा विवाद हुँदा बुटवलको राजमार्ग चौरहा बिटमा कार्यरत प्रहरी बीपी जीसीसहित तीजना प्रहरी मिलेर कुटपिट गरेका हुन् । 
बुटवलको कालिका फिल्महल पछाडिको सडकमा रिक्सा चलाइरहेका ४४ वर्षीय सिंजालीले प्रहरीको कुटाईबाट आफू अर्ध–बेहोस भएको र प्रहरीले नै अस्पताल लगेर छाडेको बताए । सिंजालीको अहिले लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ ।

चालकमाथि कुटपिटको विरोधमा बुटवलका ई-रिक्साचालकहरुले वडा प्रहरी कार्यालय रामनगर घेराउ गरेका छन् । करिब पाँच सयको संख्यामा उपस्थित चालकहरुले कुटपिटमा संलग्न प्रहरीमाथि छानवीन गरी विभागीय कारबाही र सिंजालीको उपचार गरिदिनुपर्ने माग गरेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख डीएसपी भीमलाल भट्टराईले घटना भएको जानकारी पाएको बताउँदै अध्ययन गरेर कारबाही गर्ने नगर्ने निर्णय गरिने प्रतिक्रिया दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*