चट्याङ लागेर दुई बालबालिका सहित तिन जनाको मृत्यु
चट्याङ लागेर दाङका दुई बालबालिका सहित तिन जनाको मृत्यु भएको छ । आज शनिबार चट्याङ लागेर तुलसीपुर ७ जितपुर निवासी ५१ वर्षिया लक्ष्मी आचार्य र सोहि ठाउँ बस्ने ६ वर्षिया बालिका श्रृष्टी चौधरीको मृत्यु भएको हो ।
चट्याङ लागेर गम्भीर घाईते भएका दुवै जनाको राप्ती लाईफ केयर हस्पिटल तुलसीपुरमा उपचारको क्रममा निधन जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
यस्तै उता घोराही उपमहानगरपालिका वडा नम्वर ११ हापुर बस्ने सुर्य बहादुर पुरीका ८ वर्षिय छोरा तारा बहादुर पुरीको चट्याङ लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।