करेन्ट लागेर ३६ वर्षीय कटुवालको मृत्यु
सिन्धुलीको दुधौली नगरपालिका १० पटियानीमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । शनिबार सार्वजनिक नर्सरीमा काँडेतार लगाउने क्रममा करेन्ट लाग्दा सोही ठाउँका ३६ वर्षीय कृष्ण कटुवालको मृत्यु भएको हो।
कटुवाललाई नर्सरीमा काँडेतार लगाउन रड सिधा गर्दै थिए । ११ हजार भोल्टेज प्रवाह भइरहेको विद्युतको मेन लाइनमा रडले छोएर करेन्ट लागेको प्रहरीले जनाएको छ।
करेन्टबाट गम्भीर घाइते भएका कटुवाललाई थप उपचारका लागि सिरहाको आरके अस्पताल पुर्याइए थियो । उनलाई अस्पतालले मृत घोषणा गरेको सिन्धुलीका प्रहरी नायव उपरीक्षक श्यामकुमार खत्रीले जनाएको छ ।