लागूऔषध र ३ लाख रकमसहित ३ जना पक्राउ
लागूऔषधसहित र ३ लाख रुपैयाँ नगद सहित प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । माघ २१ गते साँझ ५ बजे वीरेन्द्रनगर–६ गणेशचोकबाट ३ जनालाई लागूऔषध र नगदसहित पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डीएसपी रवि रावलले जनाएको छ ।
पक्राउ परेका २२ वर्षीय गणेश भनिने लिलबहादुर सुनार र ४४ वर्षीया देवकी सुनारबाट ३ पोका लागूऔषधसहित २ लाख ७४ हजार ७ सय ६३ रुपैयाँ बरामद गरिएको प्रहरीले जनाएको छ।
यसैबीच सोही दिन दिउँसो साढे ४ बजे वीरेन्द्रनगर– ४ भैरवस्थानबाट प्रहरीले अर्का युवालाई पनि लागूऔषधसहित नियन्त्रणमा लिएको छ ।
बराहताल गाउँपालिका–८ बस्ने २४ वर्षीय विद्युत रावललाई खानतलासी गर्दा निजले लगाएको ट्रयाकको बायाँ पाकेटमा लुकाइछिपाई राखेको १ पत्तामा रहेको १४ वटा नाइट्रोजेपाम लागूऔषध पदार्थ र रियलमी कम्पनीको मोबाइल १ फेला पारेर रावललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।