विद्यार्थीद्वारा सामुदायिक स्वास्थ्य निरुपण
-1581228242.jpg)
पुर्वी मकवानपुरको बागमती गाउँपालिका वडा नम्बर ६, फापरबारीमा सामुदायिक स्वास्थ्य निरुपण कार्यक्रम सम्पन्न भएको छ । भ्याली कलेज अफ टेक्निकल साईन्सेज काठमाडौंका स्नातक तह (जनस्वास्थ्य) पाँचौ सेमेष्टरको ‘ए’ समुहका बिद्यार्थीहरुले पुस २५ गतेदेखी एक महिने कार्यक्रम संचालन गरेका हुन् ।
कार्यक्रम अन्तरगत दुई हप्ता फापरबारी बजार तथा स्थानीय खोला सरसफाई, स्वास्थ्यसम्बन्धी तथ्यांकहरु संकलन र बिश्लेषण गरिएको भ्याली कलेजका टोली नेता विनोद श्रेष्ठले बताए । उनका अनुसार अध्ययनमा वास्तविक आवश्यक्ताहरुको पहिचान गरिएकाले स्वास्थ्यसम्बन्धी नीति निर्माणमा सहयोग पुग्ने छ ।
तथ्यांकमा पोषण, गर्भ जाँच, जनसंख्या, लिङ्ग, जातजाति लगायतको विवरण रहेको बताईएको छ । बागमती गाउँपालिका वडा नम्बर ६ का ६ सय ५० घरधुरीमध्ये २ सय ६० घरधुरीको तथ्यांक संकलन गरिएको छ ।
८ छात्रा र ४ छात्र गरी १२ जना विद्यार्थीले संकलन गरेको तथ्याङ्क प्रस्तुतीकरण पनि गरिएको छ । कार्यक्रम बागमती गाउँपालिका ६ का वडा अध्यक्ष ध्रुबबहादुर थापाको प्रमुख आतिथ्य तथा टोली नेता श्रेष्ठको अध्यक्षतामा भएको थियो ।
कार्यक्रममा स्वास्थ्य चौकी प्रमुख लक्ष्मण शाह, ईलाका प्रहरी कार्यालय फापरबारीका प्रमुख बच्चुराम फुयाँल, भ्याली कलेजका शिक्षक नारायण त्रिपाठी, स्थानीय पत्रकार चिजलाल श्रेष्ठ लगायतले मन्तव्य ब्यक्त गरेका थिए ।