वनभोज गएका एक व्यक्ति राप्तीमा डुबेर बेपत्ता
वनभोज गएका एक व्यक्ति राप्ती नदीमा डुबेर बेपत्ता भएका छन् । बाँकेको कोहलपुर नगरपालिका–१२ चप्परगौडी घर भई अगैयामा पसल सञ्चालन गर्दै आएका शिव शर्मा वनभोजपछि सो नदीमा नुहाउने क्रममा बेपत्ता भएको हो ।
शनिबार अपराह्न बेपत्ता भएका उनलाई हालसम्म फेला पार्न नसकिएको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक कुलदीप चन्दले जनाएको छ । शर्माको खोजीमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयवासी शनिबार अबेरसम्म खटिएका थिए ।