आईजीपीमा तीन डीआईजी दाबेदार, ज्ञवाली र लम्सालको नाम चर्चामा

हेटौडा न्युज
२७ माघ २०७६, सोमबार १७:४७
;

प्रहरी महानिरीक्षक (आईजीपी) सर्वेन्द्र खनाल पछि तीन प्रहरी नायव महानिरीक्षक (डीआईजी)हरु दाबेदार छन् । प्रदेश १ का ठाकुर ज्ञवाली, सुदूरपश्चिम प्रदेशका तारिणीप्रसाद लम्साल र प्रहरी प्रधान कार्यालयका सूर्यप्रसाद उपाध्याय दाबेदार रहेका छन् । उनीहरुमध्ये को आईजीपी हुन्छ भन्ने बारे टुंगो लागेको छैन । 

उनीहरूको ३० वर्षे सेवा अवधि आउँदो असारमा सकिंदैछ । तीनमध्ये पनि ज्ञवाली र लम्सालको नाम चर्चामा रहेको छ । ज्ञवाली प्रदेश–१ को प्रहरी मुख्यालय विराटनगर र लम्साल सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय प्रमुखका रूपमा कार्यरत छन् ।

दुवै जना २०४७ साल असार २५ गते प्रहरी निरीक्षकबाट सेवामा प्रवेश गरेका हुन् । अब नियुक्त हुने प्रहरी प्रमुख नेपाल प्रहरी सङ्गठनको २७ औंँ प्रहरी महानिरीक्षक बन्नेछन् । सरकारले सोमबार या मंगलबारसम्म नयाँ महानिरीक्षकको नाम टुंगो लगाउने तयारी गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*