पशुपति क्षेत्रमा अभिवादन स्वरूप नमस्कार अभियान

हेटौडा न्युज
२७ माघ २०७६, सोमबार १७:५८
;

पशुपति क्षेत्रमा आउने भक्तजनका लागि सम्मान स्वरुप नमस्कार अभियान सुरु गरिएको छ । 

महाशिवरात्रीमा पशुपति क्षेत्रमा आउने भक्तजनका लागि अभिवादन स्वरूप नमस्कार अभियान सुरु गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ ।

पूर्वीय दर्शनअनुसार नमस्कार नै नेपालीको अभिवादन भएकाले भ्रमण वर्षसमेत मनाइरहेको सन्दर्भमा यो अभियान सुरु गरिएको बताइएको छ । नमस्कार गर्दा व्यक्ति व्यक्तिका बीचमा स्पर्श नहुने भएकाले कोरना भाइरसजस्ता रोगको सङ्क्रमण फैलिएका बेला बच्न समेत सहयोग पुग्ने समितिको भनाइ छ । 

नेपालीले आफ्नो संस्कार र संस्कृति भुलेर पश्चिमी संस्कारलाई आफ्नो संस्कार सम्झन थालेकाले जागरणका लागि यो अभियान सुरु गरिएको कोषले जनाएको छ । यो अभियान सुरु भएसँगै अब पशुपति क्षेत्रमा आउने जोसुकै भक्तजनलाई हात नमिलाई नमस्कार अभिवादनमा लाग्न कोषले आह्वान गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*