सीसीटीभी फुटेज अनुसार पूर्वसचिव पत्नीको हत्यामा कामदारकै संलग्नता

हेटौडा न्युज
२७ माघ २०७६, सोमबार २३:१३
;

ललितपुरको सानेपास्थित पूर्वसचिव अर्जुन कार्कीको श्रीमती मुना कार्कीको उनकै घरमा कामदार रहेका विजय चौधरीले हत्या गरेको खुलेको प्रहरीले जनाएको छ । प्रहरीले घरमा जडान गरेको सीसीटीभीको फुटेज हेरेर पत्नी मुना कार्कीको हत्यामा कामदारकै संलग्नता रहेको बताएको हो ।

कार्कीको घरमा कार्यरत कामदार २२ वर्षीय विजय चौधरीले मुनाको हत्यापछि झुण्डिएर आत्महत्या गरेको प्रहरीले बताएको छ ।
प्रहरीका अनुसार सीसीटीभी फुटेजमा बिहान १० बजेर ८ मिनेटको समयमा चौधरी भान्सा कोठामा गएको र कार्की पछाडी फर्किएको बेला डोरीले घाँटीमा कसेर भुइँमा लडाएको देखिएको छ । भुइँमा लडेपछि कार्कीमाथि पिर्का प्रहार गर्नुका साथै कपालले समातेर भुइँमा बजारेको देखिएको प्रहरी स्रोतले जनाएको छ ।

प्रहरीका अनुसार हत्याको कारण खोज्दै विभिन्न व्यक्तिसँग वयान लिने क्रम जारी राखेको छ । प्रहरीका अनुसार घटना हुँदा पूर्वसचिव कार्की घरमा थिएनन् । उनी पशुपतिनाथको दर्शन गर्न गएका थिए । फर्किएर आउँदा उनले श्रीमती मुनालाई रगतले लतपतिएको अचेत अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।

लगत्तै उद्धार गरेर स्टार हस्पिटल पुर्याइए पनि चिकित्सकले मृत घोषित गरेको महानगरीय प्रहरीले जनाएकोे छ । अपराधस्थलमा फरेन्सिक विज्ञको टोलीले पनि अनुसन्धान गरिरहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*