लाइसेन्स लिन अब १८ वर्ष पुग्नु पर्ने

हेटौडा न्युज
२७ माघ २०७६, सोमबार २३:५२
;

सवारी चालकको अनुमतिपत्र (लाइसेन्स) लिने सरकारले अब १८ वर्ष उमेर पुरा गरेको हुनुपर्ने व्यवस्था लागु गर्ने भएको छ ।

यातायात व्यवस्था विभागले ‘सवारी तथा यातायात व्यवस्था ऐन–२०७६’ को मस्यौदा अनुसार लाइसेन्स लिनको लागि न्यूनतम १८ वर्ष उमेर पुरा गरेको हुनुपर्ने व्यवस्था गर्न लागेको हो । 

विभागका अनुसार अहिले सवारी चालक अनुमतिपत्र लिनका लागि १६ वर्ष उमेर पुग्नुपर्ने व्यवस्था थियो भने अब त्यो नियमलाई परीवर्तन गर्दै लाईसेन्सका लागि १८ वर्ष उमेर पुग्नु पर्ने व्यवस्था गर्न लागिएको बताएको हो ।  

विभागले लाइसेन्सको समय सीमासमेत बढाएर १० वर्ष कायम गर्ने तयारी गरेको छ । हाल पाँच वर्षमा गर्नुपर्ने नवीकरणलाई सेवाग्राहीले झन्झटिलो मान्दै आएकाले समय सिमालाई समेत बढाएर १० वर्ष बनाइने भएको हो ।

कम उमेरका चालकले सवारीसाधन चलाउँदा बढी दुर्घटना भइरहेको विभिन्न अध्ययनका क्रममा पाइएकोले निजी र सार्वजनिक सबै प्रकारको सवारीसाधनका लागि उमेर बढाउन लागिएको विभागले जनाएको छ ।

चालकका लागि कक्षा १० पास गरेको हुनुपर्ने गरी व्यवस्था गरिएको विभागले जनाएको छ । टुटल र पठाओलाई भने ऐनले समेट्ने वा नसमेट्ने भन्ने अहिले नै यकिन भइ नसकेको बताइएको छ । सकेसम्म टुटल पठाओलाई कानूनीरुपमा नै नियममा ल्याउने गरी मन्त्रालयमा पनि छलफल भइरहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*