निकुञ्ज विरुद्ध मनहरी गाँउपालिकाको कडा कदम 

हेटौडा न्युज
२८ माघ २०७६, मंगलवार १७:१३
;

मनहरी गाउँपालिकाले  मकवानपुरको मनहरी खोलामा भइरहेको अवैध उत्खनन्लाई पर्सा राष्ट्रिय निकुञ्जले बढावा दिएको आरोप लगाएको छ । पर्सा राष्ट्रिय निकुञ्जले वातावरणीय प्रभाव मुल्याङकन गरिएका स्थानमा समेत उत्खनन् गर्न अवरोध खडा गरेर अवैध उत्खनन्लाई प्रोत्साहन दिएको आरोप लगाउदै अब गाँउपालिका चुप लागेर नबस्ने गाँउपालिकाले जनाएको छ । 

मनहरी गाँउपालिकाका अध्यक्ष एकराज उप्रेतीका अनुसार मनहरी/राप्ती खोलामा गाउँपालिकाले वातावरणीय प्रभाव मुल्याङकन गरिएका स्थानमा भोलीदेखि उत्खनन् सुरु गर्ने बताएका छन् । मनहरीको क्षेत्रमा निकुञ्जले उत्खनन् गर्न अवरोध खडा गरेपछि गाँउपालिकाले बुधबारदेखि एक्साभेटर, टिपर लिएर खोलामै जाने बताएका हुन् । अध्यक्ष उप्रेतीले भने निकुञ्जको यस्तो दादागीरी चल्दैन यस विरुद्ध गाँउपालिकाले कडा कदम चाल्छ । गाँउपालिकाले आज मंगलबारा वातावरणीय प्रभाव मुल्याङकन (आइइ) गरिएका मनहरी÷राप्ती खोला क्षेत्रमा स्थलगत अनुगमन गरेको छ ।

अब गाँउपालिकाले आइइ गरिएका खोला क्षेत्रमा उत्खनन् गर्दा नक्सांकन गरी झण्डा गाडेर उत्खनन् अध्यक्ष उप्रेतीले जानकारी दिए ।

निकुञ्जले मनहरी खोलामा नदीजन्य पदार्थ उत्खनन् गर्ने कार्यमा गाउँपालिकालाई अवरोध खडा गर्दै आए पछि गाउँपालिकाले यस्तो कदम उठाएको हो । राष्ट्रिय निकुञ्ज विभागबाट  मनहरी गाँउपालिका खोला उत्खनन् गर्न अनुमती प्राप्त स्थानिय निकाय भए पनि पर्सा निकुञ्जले उत्खनन् गर्न अवरोध गर्दै आएको अध्यक्ष उप्रतीले बताए । 

अध्यक्ष उप्रेतीले स्थानीय सरकार सञ्चालन ऐनलाई टेकेर आजदेखि मनहरी खोलामा उत्खनन् गरिने बताए । गाउँपालिकाले नदीजन्य पदार्थ उत्खनन् गर्न ठेक्का लगाइसकेकोले उत्खनन् गर्न नपाउँदा समस्या भइरहेको उनको भनाई छ ।

सोमबार जिल्ला समन्वय समिति मकवानपुरमा भएको छलफलमा पनि उप्रेतीले अब निकुञ्जविरुद्ध एक्सन लिने चेतावनी दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*