मकवानपुरको मनहरीले गौतमबुद्ध  रंगशालालाई ५५ लाख बराबरको सहयोग गर्ने

हेटौडा न्युज
२८ माघ २०७६, मंगलवार १८:०६
;

मकवानपुरको मनहरी गाउँपालिकाले गौतमबुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई गिट्टी, बालुवा र काठ सहयोग गर्ने भएको छ ।

देशैभरीबाट चितवनमा निर्माणधिन रंगशाला निर्माणको लागि सहयोग जुटिरहेको अवस्थामा गाउँपालिकाले रंगशालालाई ५५ लाख मुल्य बराबरको सामग्री सहयोग गर्ने घोषणा गरेको हो ।

निर्माणाधीन रंगशालामा जारी धनधाञ्याचल महोत्सवमा पुगेर सय टिपर गिट्टी, बालुवा र एक हजार क्यूफिट काठ रंगशाला निर्माणका लागि दिने अध्यक्ष एकराज उप्रेतीले सहयोगको घोषणा गरेका हुन् । 

अध्यक्ष उप्रेतीका अनुसार २५ लाख मुल्य बराबरको १ सय टिपर गिट्टी, बालुवा र ३० लाख मुल्य बराबरको साल जातका १ हजार क्यूफिट गोलाई काठ उलपब्ध गराउने भएका हो । काठको लागि वन कार्यालय, सामुदायिक वनहरुसँग समन्वय भइरहेको अध्यक्ष उप्रतीले बताए । 

यसअघि रंगशाला निर्माणका लागि धादिङले पनि १ सय टिपर गिट्टी बालुवा सहयोग गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*