७५ हजार घुससहित इञ्जिनीयर र वडा सदस्य पक्राउ

हेटौडा न्युज
२८ माघ २०७६, मंगलवार १८:३७
;

७५ हजार घुससहित इञ्जिनीयर र वडा सदस्य पक्राउ परेका छन् । तनहुँको भानु नगरपालिकाका इञ्जिनीयर सुकदेव अधिकारी र वडा नं १३ का सदस्य कृष्णबहादुर अधिकारी सोमबार घुस रकम सहित पक्राउ परेका हुन् । 

वडासदस्य अधिकारीमार्फत इञ्जिनीयर अधिकारीले विद्यालयको भवन निर्माण सम्पन्न गरी भुक्तानी सिफारिस र कार्यसम्पन्न प्रतिवेदन बनाइदिएको समेत विभिन्न बहानामा घुस माग गरिरहेको भन्ने सूचना एवं कार्यालयमा प्राप्त उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय पोखराबाट खटिएको टोलीले नगरपालिकाको कार्यालय परिसरबाटै पक्राउ गरेको हो । 

पक्राउ परेका निजहरुविरुद्ध अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय पोखराका प्रवक्ता मेघनाथ रिजालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*