वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ
ठगी गरेको आरोपमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा सोलुखुम्ब थुलुङदूधकोशी गाउँपालिका–२ का ४० वर्षीय बालकृष्ण कार्कीलाई भक्तपुरमा पक्राउ गरिएको हो ।
कतार, माल्दिभ्सलगायतका देशमा पठाइदिन्छु भन्दै कार्कीले रु आठ लाख लिएको जाहेरीकोे आधारमा उनलाई पक्राउ गरेको महानगरीय परिसर भक्तपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाले जनाएको छ ।
नियन्त्रणमा रहेका कार्कीलाई थप कारबाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौँ पठाइएको प्रहरी वरिष्ठ उपरीक्षक थापा बताएका छन् ।