जिभ्रोको क्यान्सर पीडितलाई समाजसेवीको समूहले आर्थिक सहयोग हस्तान्तरण गरेको छ । े क्यान्सर पीडित हेटौंडा चौकीटोलका हिमालय थापालाई स्थानीय समाजसेवीको समुहले ७० हजार रुपैयाँ हस्तान्तरण गरेको हो ।
पीडितको उपचारको सहयोगार्थ स्थानीय समाजसेवी शम्भु नकर्मीको संयोजकत्वमा आर्थिक संकलन सुरु गरिएको थियो । सुन्दर सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष कमल लामा, समाजसेवी हरिकृष्ण महर्जन, भ्वाईस अफ युथ चौकीटोलका अध्यक्ष धरमबहादुर लामा, सुन्दर युवा सञ्जालका अध्यक्ष जीवन छत्कुलीलगायतले आर्थिक संकलन अभियानमा साथ दिएका छन् । सहयोग हस्तान्तरण कार्यक्रममा हेटौंडा–१ नम्बर वडाध्यक्ष सविन न्यौपानेलगायतको उपस्थिति रहेको थियो ।
Your email address will not be published. Required fields are marked *
प्रतिक्रिया दिनुहोस्
नाम (अनिवार्य) *
इमेल (अनिवार्य) *