३४ वटा कछुवासहित एकजना पक्राउ

हेटौडा न्युज
२८ माघ २०७६, मंगलवार १९:५१
;

३४ वटा कछुवासहित एकजन पक्राउ परेका छन् । सोमबार डेबिट महर्जन पुल्चोकबाट पक्राउ गरेको महानगरीय प्रहरी अपराध महाशाखाले जनाएको छ । 

दुर्लभ वन्यजन्तु कछुवा अबैध रुपमा ओसारपसार गरी ल्याई १२ लाख रुपैयाँमा कारोबार गर्ने भन्ने गोप्य सुचनाको आधारमा खोजतलास गर्दा सोमबार उनलाई पक्राउ गरेको महाशाखाले जनाएको छ । 

निलो सेतो रङको कागजको बट्टाभित्र अबैध वन्यजन्तु कछुवा ३४ थान फेला पारी पक्राउ गरी आवश्यक कारवाहीको लागि जिल्ला बन कार्यालय हात्तीवन ललितपुर पठाइएको प्रहरीको भनाइ छ

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*