हेटौंडा-४ का विद्यार्थीहरुलाई खुसी जीवन नेपालको सहयोग

हेटौडा न्युज
२८ माघ २०७६, मंगलवार २०:२०
;

हेटौंडा उपमहानगरपालिका–४ मा अवस्थित एक विद्यालयका विद्यार्थीहरुलाई खुसी जीवन नेपाल संस्थाले न्यानो लुगा तथा स्टेशनरी सामाग्री वितरण गरेको छ ।

श्री श्रमिक माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई न्यानो लुगा तथा स्टेशनरी सामाग्री सोमबार वितरण गरेको हो ।

कार्यक्रममा खुशी जीवन नेपालका कलाकारहरुले बाल विवाह बाल श्रम लैङ्गिक हिंसा लागुपदार्थ दुर्व्यसन, पानी बचाउ र वातावरण सरसफाइ जस्ता विषयमा जनचेतनामूलक नाटक पनि प्रस्तुत गरेका थिए ।

हेटौंडा–४ का वडा सदस्य राजेन्द्र बस्ताकोटी, हेटौंडा–१ का महिला वडा सदस्य इश्वरी रसाइली, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष देवेन्द्र प्रसाद पौडेललगायत टोल विकास संस्थाका सदस्य, अभिभावक र विद्यार्थीहरुको उपस्थितिमा कार्यक्रम भएको थियो ।

समाजिक चेतना तथा सहयोग कार्यक्रममा संस्थाकी उपाध्यक्ष सुनिता गहतराज, सदस्यहरु क्रमशः संगीता उप्रेती, अनिता धिताल, यमुना धिताल, आरभ थापाको पनि ठुलो योगदान रहेको संस्थाका केन्द्रिय अध्यक्ष महेन्द्र विश्वकर्माले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*