वडाअध्यक्षमाथि कुखुरा चोरेको आरोप

हेटौडा न्युज
२८ माघ २०७६, मंगलवार २०:३५
;

लमजुङका एक वडाध्यक्षविरुद्ध कुखुरा चोरीको आरोपमा लागेको छ । बेसीशहर नगरपालिका–६ चनौतीका कुखुरा पालक किसान सोमबहादुर राउतले नगरपालिका–९ का निर्वाचित सरद बरालविरुद्ध जिल्ला प्रहरी कार्यालय लमजुङमा उजुरी दिएका हुन् ।

जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार वडाध्यक्ष बरालले गत मंगलबार (माघ २१ गते) आफ्नो फर्मको ढोका फोडेर कुखुरा चोरी गरी लगेको भन्दै राउतले उजुरी दिएका छन् । वडाध्यक्ष बरालले आफ्नो फर्मबाट ५ सय जति कुखुरा चोरी गरेर लगेको राउतको आरोप छ ।

तर, वडाध्यक्ष बरालले भने चोरी गरेको नभइ किसान राउतकै अगाडिबाट कुखुरा उठाएर लगेको बताएका छन् । वडाध्यक्ष बरालले भने आफ्नो ऋण नतिरेपछि राउतको फर्मबाट कुखुरा उठाएको बताए ।

किसान राउतसँग उनले ४५ दिनसम्म कुखुरालाई दाना खुवाउन लागेको खर्च व्यहोर्ने गरी आफैंले उधारोमा दिएको कुखुरा उठाएर ल्याएको वडाध्यक्ष बरालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*