गुण्डा नाइके बाहुनलाई १० वर्ष कैद र ७५ हजार जरिवानाको सजाय 

हेटौडा न्युज
२८ माघ २०७६, मंगलवार २१:०४
;

जिल्ला अदालत, काठमाडौंले  गुण्डा नाइके सुजन पौडेल उर्फ रमेश बाहुनलाई १० वर्ष कैद र ७५ हजार रुपैयाँ जरिवाना सजायको फैसला गरेको छ । 

आइतबार लागूऔषध कारोबार र हातहतियार तथा खरखजना ऐनअनुसार सजाय सुनाएको हो ।

काठमाडौं जिल्ला अदालतका श्रेस्तेदार आनन्द श्रेष्ठका अनुसार न्यायाधीश नवराज दाहालको इजलासले उनलाई कैद र जरिवाना सजाय तोकेको हो । पौडेललाई १० असार २०७१ मा कलंकीबाट लागूऔषध खैरो हेरोइन र कटुवा पेस्तोलको १० राउण्ड गोलीसहित पक्राउ गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*