निर्मला हत्याकाण्ड: दोषीलाई कारबाहीको माग गर्दै धर्ना बसेका शारदा चन्दसहित ८ जना पक्राउ

हेटौडा न्युज
२८ माघ २०७६, मंगलवार २१:१९
;

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्नामा बसेका अधिकारकर्मी शारदा चन्दसहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ । 

निर्मला पन्तको बलात्कारपछि हत्यामा संलग्नलाई कारबाहीको माग गर्दै आन्दोललनरत अधिकारकर्मीलाई प्रहरीले पक्राउ गरेको हो । 

गत वर्ष साउनमा बलात्कारपछि हत्या गरिएकी १२ वर्षकी निर्मला पन्तको घटनामा दोषीलाई कारबाहीको माग गर्दै उनीहरु धर्नामा बसेका थिए ।

कञ्चनपुरका प्रहरी प्रमुख एसपी मुकुन्द मरासिनीका अनुसार जिल्ला प्रशासन कार्यालयमा आवतजावतमा अवरोध गरेकाले उनीहरुलाई पक्राउ गरिएको हो । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*