मोटरसाइकल दुर्घटना हुँदा नेकपाका नेता बस्यालको मृत्यु
मोटरसाइकल दुर्घटना हुँदा नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का नेता दामोदर बस्यालको मृत्यु भएको छ ।
सोमबार राति चितवनको माडी नगरपालिकाको बगइबाट घरतिर जाँदै गर्दा नं.३–००१प–३५९६ नम्बरको मोटरसाइकल वडा नं.६ स्थित तमुचोकमा अनियन्त्रित भएर पल्टिएको थियो ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका अनुसार दुर्घटनामा गम्भीर घाइते भएका बस्यालको भरतपुरस्थित पुरानो मेडिकल कलेज भरतपुरमा सोमबार राति उपचारको क्रममा मृत्यु भएको हो ।
बस्यालको पार्थिव शरीरमा नेकपा चितवनका अध्यक्ष यमबहादुर परियार र माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले उनकै निवास माडीमा पुगेर पार्टीको झण्डा ओढाएका थिए ।