८ भारतीयको मृत्युपछि मकवानपुरको पानोरमा रिसोर्ट बन्द गर्न निर्देशन 

हेटौडा न्युज
२८ माघ २०७६, मंगलवार २३:०६
;

संस्कृत, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मकवानपुरको थाहा नगरपालिका-४ सिमभन्ज्याङमा रहेको एभरेष्ट पानोरमा रिसोर्टलाई बन्द गरेको छ । 

यही माघ ६ गते बास बसेका ८ जना भारतीय पर्यटकको कोठामै बेहोस भइ मृत्यु भएपछि छानबिन पश्चात रिसोर्टलाई मन्त्रालयले ३ महिनाका लागि बन्द गर्ने निर्णय गरेको हो ।

भारतको केरला राज्यबाट नेपाल घुम्न आएका दुई परिवार एउटै कोठामा ग्यास हिटर बालेर  झ्याल बन्द गरेर सुतेपछि अक्सिजनको कमीले माघ ६ गते राती  ८ जनाको  ज्यान गएको थियो । न्यूनतम मापदण्ड पनि पालना नगरी सञ्चालनमा रहेको होटलको कमजोरीको कारण भारतीय पर्यटकको कमजोरी भएको भन्दै पर्यटन विभागले निलम्बलन गरेको हो ।
निलम्बनमा परेसँगै पानोरमाले ३ महिनासम्म होटल, रिसोर्ट तथा बार सञ्चालन गर्न पाउने छैन ।

साथै निलम्बन अवधि पश्चात होटलको वर्गीकरण तथा मापदण्ड र प्रचलित वातावरण संरक्षण ऐन तथा नियमावली बमोजिम प्रारम्भिक वातावरणीय परीक्षणरवातावरण प्रभाव मूल्यांकन सम्पन्न गराइ अनुमति लिएर मात्रै संचालन गर्न विभागले निर्देशन दिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*