१ करोड मूल्य बराबरको सुनसहित तीन जना पक्राउ

हेटौडा न्युज
२९ माघ २०७६, बुधबार १९:२६
;

१ करोड मूल्य बराबरको सुनसहित तीन जना पक्राउ परेका छन् । महानगरीय अपराध महाशाखा ललितपुरको टोली र महानगरीय प्रहरी प्रभाग पुल्चोकको संयुक्त टोलीले सतुंगलबाट तीजनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका तीनै जना भारतीय नागरिक रहेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुले ललितपुरमा रहेको एक सुन पसल लुटेर भागेको प्रहरीले जनाएको छ ।

प्रहरीले चोरीमा संलग्न रहेको भन्दै मंगलबार १ जनालाई पक्राउ गरेको थियो । उनको बयानको आज थप दुई जनालाई पक्राउ गरिएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) टेक प्रसाद राईले जनाएको छ । 
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*