१६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ
२९ माघ २०७६, बुधबार २०:१८
प्रहरीले १६ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा नुवाकोट सुन्धारा घर भएका रामचन्द्र श्रेष्ठलाई पक्राउ गरेको छ ।
ललितपुर महानगरपालिका–९, बालकुमारी बस्ने ३० वर्षीय रामचन्द्र श्रेष्ठलाई प्रहरीले मंगलबार राति पक्राउ गरेको हो।
श्रेष्ठले काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कस्थित गेस्ट हाउसमा ती किशोरीलाई जबरजस्ती करणी गरेको प्रहरीमा जाहेरी परेको छ।











