ट्याक्टरबाट लडेर एकजनाको मृत्यु 

हेटौडा न्युज
२९ माघ २०७६, बुधबार २१:०२
;

झापामा ट्याक्टरबाट लडेर एकजनाको मृत्यु भएको छ । मोरङ जिल्ला टाँडी बस्ने २३ वर्षीय मनित लिम्बूको ट्याक्टरबाट लडेर मृत्यु भएको हो ।  

मंगलबार राति ७ झापाको शिवसताक्षी नगरपालिका लालझोडास्थित भित्री सडक खण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे १ त ४५४४ नम्बरको ट्याक्टरमा बसिरहेका सहचालक लिम्बू लडेर गम्भीर घाइते भएको प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जनाएको छ ।

घाइते भएका उनलाई उपचारको लागि बिर्तामोडस्थित बिर्ता सिटी अस्पताल लगिएको थियो। उपचारका क्रममा उनको मृत्यु भएको जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*