मेलम्चीको पानी असारसम्‍ममा सुन्दरीजल ल्याउने घोषणा

हेटौडा न्युज
१ फाल्गुन २०७६, बिहीबार २३:०५
;

आगामी असारसम्‍म सरकारले मेलम्चीको पानी काठमाडौंको सुन्दरीजल ल्याउने भएको छ ।

बिहीबार खानेपानीमन्त्री बिना मगरले मेलम्ची आयोजनाबारे स्वेतपत्र जारी गर्दै आगामी असार महिना सम्म मेलम्चीको पानि काठमाण्डौंको सुन्दरीजल सम्म ल्याइपुर्‍याउने घोषणा गरेकी हुन् ।

स्वेतपत्रमा उल्लेख भए अनुसार यहि आर्थिक वर्ष ०७६/७७ भित्र मेलम्चीदेखि सुन्दरीजलसम्मको सुरुङ परीक्षण र सञ्चालन हुनेछ ।

त्‍यस्तै सुन्दरीजल पोर्टलदेखि पानी प्रशोधन केन्द्र तथा बागमती नदीसम्‍मको आयोजनाको काम पनि असार भित्रै सकिने छ ।

‘ड्याम सक्नका लागि केही समय लाग्छ तर अल्टरनेट ड्यामबाट असार मसान्तसम्म पानी  प्रशोधन केन्द्र झर्ने गरी काम भइरहेको जनाइएको छ । निर्माण कम्पनीले २/३ महिना पहिले काम सक्ने गरी काम भइरहेको मेलम्ची खानेपानी आयोजना विकास समितिले बताएको छ ।

सरकारले मेलम्ची आयोजनाको बाँकी काम एक वर्षभित्र गरिसक्न गत असोजमा चीनको सिनो हाइड्रोसँग सम्झौता गरेको थियो ।

मेलम्ची खानेपानी आयोजना विकास समितिका अनुसार काम समयमा भए नभएको बारे मन्त्रालय र  समिति आफैले पनि अनुगमन गरिरहेको बताएको छ ।

‘बेलाबेलामा देखिएका विभिन्न समस्या तथा ठेक्का सम्झौता रद्द गर्नुपर्ने बाध्यताले निर्माणमा धेरै ढिला भएको समितिको गुनासो छ । 

आयोजनाको हालसम्म ९४ प्रतिशत भौतिक प्रगति भएको र २७ अर्ब ९४ करोड खर्च भइसकेको समितिले जानाएको छ ।

काम बीचैमा छाडेर हिँडेको इटालीको सीएमसी कम्पनीले स्थानीय श्रमिक तथा सव कन्ट्राकटरको भुक्तानी नदिएका कारण धेरै समस्या र अवरोध खेप्नुपरेको समितिले बताएको छ ।

सीएमसीले कामदार र सक कन्ट्राकटरलाई दिन बाँकी रकमको विषयमा अध्ययन गर्न मन्‍त्रालयको सहसचिवको नेतृत्वमा समिति बनेको समितिले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*