अव्यवस्थित पार्किङका कारण हेटौंडाको सौन्दर्य नै धरापमा

हेटौडा न्युज
१ फाल्गुन २०७६, बिहीबार २३:५८
;

हेटौँडाका विभिन्न सडक क्षेत्रको अव्यवस्थित पार्किङका कारण हेटौंडाको सौन्दर्य नै धरापमा परेको बताइएको छ । बजार क्षेत्रको अव्यवस्थित पार्किङलाई बजार क्षेत्रभन्दा पर खुल्ला स्थानमा पार्किङ गर्नका लागि सम्बन्धित निकायको ध्यानाकर्षण हुनु पर्ने समेत माग गरीएको छ ।

विन्दावासिनी मिडिया प्रालिद्धारा सञ्चालित रेडियो थाहा सञ्चार ९९.६ एफएमले १२ औँ वर्ष पूरा गरी १३ औँ वर्षमा प्रवेश गरेको अवसरमा आजबाट सुरु गरेको सप्ताहव्यापी कार्यक्रम अन्तरगत पहिलो दिन हेटौंडामा पार्किङ व्यवस्थापनबारे अन्तरक्रिया कार्यक्रममा सहभागि वक्ताहरुले तीन पांग्रे सवारीले गर्दा बजार क्षेत्रको पार्किङ अस्तव्यस्त भएका बताएका हुन् ।

बजार क्षेत्रको सवारी आवातजावतमा समेत समस्या पर्ने गरी गरीएको सवारी साधन पार्किङले हेटौँडाको सुन्दरतामा आँच पुगेको भन्दै यो समस्याको तत्काल हल गर्न समेत माग गरीएको हो ।

बसपार्क क्षेत्रभन्दा बाहिर पार्किङ गरिएका सवारीहरुलाई चारै क्षेत्रबाट बजार भित्रने स्थानमा निश्चित पार्किङ क्षेत्र तोकिनु पर्ने , तीन पांग्रे सवारी साधनलाई क्रस गर्ने २/३ ठाउँमा मात्रै दिएर बजार क्षेत्रमा प्रवेश गर्न नदिने जस्ता काम गर्न सके हेटौंडाको ट्राफिक व्यवस्थापन केहि हद सम्म हल हुने कार्यक्रमका वक्ताहरुले बताएका हुन् ।

ठुला सवारीको हकमा भने उत्तरतर्फबाट आउनेलाई चौकीटोलबाट, पश्चिमबाट आउनेलाई राप्ती पुलबाट व्यवस्थापन गर्न सकिएमा बजारमा चाप नहुने बताएका छन् । ढुङ्गा गिट्टी बोक्ने सवारीलाई साँझदेखि रातीसम्मको निश्चित समय तोकिनु पर्ने, सामान ढुवानीका साधनहरुलाई लोड अनलोड गर्न साँझ र बिहानको समय तोकिनु पर्नेमा समेत आग्रह गरेका छन् ।

हेटौँडाको सिमा चोक, बुद्ध चोकमा रहेको म्याजिक स्टेशनलाई अन्तै सार्न सके मात्र पार्किङ व्यवस्थापनले सार्थकता पाउने बताइएको थियो । नगरपालिका, यातायात व्यवसायी संघ, स्थानिय तह, यातायात व्यवस्था कार्यालय, व्यवसायी, सवारी चालक सबै पक्ष जिम्मेवार हुनु पर्ने उनिहरुको माग रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*