स्रोतसाधनको अभावका कारण सवारी व्यवस्थापन फितलो

हेटौडा न्युज
२ फाल्गुन २०७६, शुक्रबार ००:०९
;

जिल्ला ट्राफिक प्रहरी प्रमुख हरिविष्ण ढकालले हेटौंडाको ट्राफिक व्यवस्थापन ट्राफिक प्रहरीले मात्रै सम्भव नरहेको बताएका छन् । ढकालका अनुसार प्रहरीले मात्रै पार्किङ व्यवस्थापन गर्न नसकिने, सर्वसाधारणले पनि विना वर्दीको प्रहरीको भुमिका निभाउन सकेको खण्डमा त्यो सम्भव हुने बताएका हुन् ।

हेटौंडामा पार्किङ व्यवस्थापनबारे अन्तरक्रिया कार्यक्रममा बोल्दै ढकालले भने ट्राफिक प्रहरीसंग उचित स्रोतसाधन नहुँदा पनि सवारी आवागमन व्यवस्थित हुन नसकेको बताएका छन् ।

ढकालका अनुसार स्थानिय निकायले ट्राफिक व्यवस्थापनका लागि आवश्यक सामाग्रीहरु समयमा उपलब्ध नगराउँदा समस्या झनै जटिल बन्दै गएको बताएका हुन् । उनले भने मैले ‘हेटौंडको ट्राफिक व्यवस्थापनका लागि आवश्यक सामाग्री सहयोग हेटौंडा उपमहानगरपालिकासंग मागेको छु तर सामाग्री नआएकोले समस्या झनै बढ्दै गएको हो ।’

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*