कोरोना भाइरस प्रभावित बिरामीका लागि हेटौंडा अस्पतालमा छुटै कक्ष

हेटौंडा अस्पतालले नोबेल कोरोना भाइरसबाट प्रभावित बिरामीको लागि आजबाट छुट्टै उपचार कक्ष सुरु गरेको छ ।
कोरोना भाइरसबाट प्रभावित बिरामीहरुलाई तत्काल उपचार गर्ने तथा कोरोना भाइरस फैलन नदिने उद्देश्यले बागमती प्रदेश सरकारको निर्देशनमा अस्पतालले दुई वटा उपचार कक्ष तयार गरी संचालनमा ल्याइएको हो ।
उपचार कक्षमा एक जना विशेषज्ञ चिकित्सकसहित चार जना स्वास्थकर्मीहरु प्रविधियुक्त पोसाक एवम् माक्सको प्रयोग सहित उपचारका लागि तयारी अवसथामा रहने प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
२४ सौं घण्टा पुर्ण सर्तकतामा विरामीहरु चिकित्सक तथा स्वास्थकर्मीको निगरानीमा राखिने र विरामीका लागि आवश्यकीय प्रविधियुक्त पोसाक, माक्स, थर्ममिटर लगायत अन्य औषधीहरु पनि उपलब्ध गराइने छ ।
जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख रघुनाथ खुलालका अनुसार भ्रमण वर्ष चलिरहेको अवस्थामा चितवनको सौराहा र मेघौली, मकवानपुरको दामन, सिमभञ्ज्याङ जस्ता पर्यटकीय क्षेत्रमा विदेशी पर्यटकहरु अवलोकनको लागि आउने गरेकोले उनिहरु कोरोना भाइरस प्रभावित हुन सक्ने सम्भावना रहेकोले हेटौंडा अस्पतालमा छुट्टै उपचार कक्षको स्थापना गर्नु परेको बताए ।
मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले भने ‘कोरोना भाइरसलाई नियन्त्रणका लागि सबै स्थानिय तहलाई स्वास्थ्यकर्मीहरु सहित सर्तकमा रहन समेत निर्देशन दिएको बताएका छन् ।