दुई जोडी बालबालिकाहरुको विवाह बदर

हेटौडा न्युज
२ फाल्गुन २०७६, शुक्रबार ०१:०२
;

बागमती प्रदेश अन्तर्गत भीमफेदी गाउँपालिका र बकैया गाउँपालिकाका २० वर्ष पुरा नभएका दुई जोडी बालबालिकाहरुको बुधबार प्रेम विवाह बदर गरिएको छ । 

नेपालको तत्कालिन कानुन अनुसार २० वर्ष पुरा नभए केटाकेटीहरु श्रीमान श्रीमतिको रुपमासंगै बस्न नपाइने प्रावधान रहेकोले विवाह बदर गरिएको हो । 

सरकारको समृद्ध नेपाल सुखी नेपाली बनाउने अभियान अन्तर्गत सबै स्थानीय तहहरुलाई बाल मैत्री घोषणा गर्ने नीति अनुसार ३९ ओटा मापदण्डहरु निर्माण गरेका छन् । ती मापदण्डहरु मध्ये एउटा बाल विवाह मुक्त गर्न अनिवार्य गरेका छन् । 

उमेर नपुगी गरेको विवाहले बालबालिकाहरुको हकअधिकार हनन हुने, शारीरिक, मानसिक, शैक्षिक, आर्थिक तथा सामाजिक विकृति  विसंगतिहरु निम्त्याउने भएकाले २० वर्ष पुरा नभई अपरिपक्क उमेरमा गरेको विवाहलाई मान्यता दिईन्न । साही अनुसार बाल हेल्पला्इन १०९८ मकवानपुरको पहल एवम् भिमफेदी गाउँपालिकाका उपाध्यक्ष पार्वती राना र प्रहरीको समन्वयमा १६ वर्षिया बालक र १३ वर्षिया बालिका विचको प्रेम विवाह बदर गरिएको हो । 

सम्वन्धित बाललिकाहरुको अभिभावकहरु वीच गाउँपालिका अध्यक्ष हिदम लामा, बाल हेल्पलाइन प्रमुख झविन्द्र ज्ञवाली, वडा नम्बर ६ का वडा अध्यक्ष सिताराम थापा, महिला तथा बालबालिका प्रमुख दुर्गा घिमिरे लगायतको उपस्थिततिमा छलफल गरी सो विवाह बदर गरीएको हो । 

 यता बकैया–७ मा पनि वडा अध्यक्ष रामकाजी लामिछानेको नेतृत्वमा एक जोडिको विवहा बदर गरीएको छ । हेटौंडा उपमहानगरपालिका १४ का १३ वर्षिय बालिका र बकैया ७ का १७ वर्षिया बालक वीचको प्रेम विवाह बदर गएिको हो ।     

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*