दिलिप हत्याकाण्डः ३ जना जेल चलान, ३ जना धरौटीमा रिहा

हेटौडा न्युज
२ फाल्गुन २०७६, शुक्रबार १७:०२
;

धनुषाको ढल्केवर स्थित औरही खोलामा बालुवा गिट्टी उत्खनन् रोक्न गएका ओमप्रकाश उर्फ दिलीपकुमार महतोलाई योजनावद्धरुपमा टिपरले किचेर हत्या गरेको आरोपमा ३ जनालाई पूर्वपक्षका लागि जलेश्वरस्थित कारागार चलान गरेको छ ।   

धनुषा जिल्ला आदलतको आदेशमा टिपर चालक मुनिन्द्र महतो, लोडर चालक रञ्जित भनिने जितेन्द्र महतो र क्रसर सञ्चालक विपीन महतोलाई पुर्पक्षका लागि कारागार चलानको आदेश दिएपछि जेल चलान गरिएको हो ।

पक्राउ परेका मध्येका दिलीपसँगै खोलामा गएका साथी रोशनकुमार यादव, घटनामा संलग्नता देखिएका ३ जना आरोपीलाई भने धरौटीमा रिहा गरिएको छ । सत्यनारायण महतो र शत्रुधन महतो प्रति २५ हजार रुपैया धरौटी बुझाएर साधारण तारेखमा रिहा गरिएको हो । 

धनुषा जिल्ला अदालतका न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासले दिलिपकुमार महतोको हत्यामा क्रसर संचालक विपीन महतो, टिपर चालक मुनिन्द्र महतो र सह चालक जितेन्द्र महतोको संलग्नताको आधार, प्रमाण देखिएकाले थुनछेक प्रयोजनका लागि थुनामा राख्ने आदेश दिएको छ ।

घर नजिक रहेको औरही खोलामा भइरहेको अवैध गिट्टी बालुवा उत्खनन रोक्न गएको बेला टिपरले किचेर धनुषाको मिथिला नगरपालिका वडा नम्बर ५ स्थित  श्रीपुरका २४ वर्षीय युवक दिलीप कुमार महतोको हत्या भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*