‘भ्यालेन्टाइन डे’को अवसरमा मामाघरलाई हेटौंडा क्याम्पसका विद्यार्थीको सहयोग
हेटौंडामा ‘भ्यालेन्टाइन डे’ अर्थात प्रणय दिवस फरक तरिकाले मनाईएको छ । ‘भ्यालेन्टाइन डे’ को अवसरमा हेटौँडा क्यापसमा दोस्रो वर्ष अध्यनरत विद्यार्थीहरुले मामाघर नेपाल मकवानपुरमा ५ हजार बराबरको स्टेशनरी, खाद्यान्न र खेलकुद सामाग्री वितरण गरेका छन् ।
हेटौँडामा सडक बालबालिकाको उद्धार, परामर्श, आवसिय सुविधा,शिक्षा,शिप एवम पारिवारिक पुनर्स्थापना गर्दै आइरहेको मामाघरमा रहेका भान्जाहरुसंग केक काटि ‘भ्यालेन्टाइन डे’मनाइएको हो ।
हेटौंडा बुक्स एन्ड स्टेशनरी, सृजनशिल स्टेशनरी र ज्ञान भण्डारको सहयोगमा उक्त परिणामको सामाग्री वितरण गरिएको हो ।