मुस्लिम समुदायको धार्मिक सभा गर्न गृहमन्त्रालयको अनुमति

हेटौडा न्युज
२ फाल्गुन २०७६, शुक्रबार २१:१७
;

सप्तरीको बरसाईन नगरपालिका ५ जाँजरमा हुने मुस्लिम समुदायले गर्न लागेको धार्मिक सभाको कार्यक्रम अन्तर्रा्ष्ट्रियकरण नगर्ने सर्तमा गृह मन्त्रालयले पुनः अनुमति दिएको छ ।

शुक्रबार विहार राज्य मधुबनी जिल्लास्थित पुलिस स्टेसन लौकहि थानाका प्रमुख अरविन्द कमारले सप्तरीका डिएसपी तिलक भारतीसँग भेटघाट गरेका छन्। गृहमन्त्रालयको निर्णयपछि भारतीय सुरक्षाकर्मीले कार्यक्रमप्रति चासो देखाएका छन्। नेपाल र भारतबाहेक अन्य मुलुकका मुस्लिम समुदायसमेत सम्मेलनमा सहभागी हुन आएको भन्दै गृहमन्त्रालयले कार्यक्रम नगर्न निर्देशन गरेको थियो। 

सोहि सर्त अनुसार नेपाल भारतबाहेकका नागरिकलाई फर्काउन अहिले प्रशासनले तयारी गरेको स्रोतले जनाएको छ । त्यसका लागि ६ सय नेपाल प्रहरी र सशस्त्र प्रहरी खटाइएको छ । फागुन ३, ४ र ५ गते हुने भनिएको कार्यक्रममा २ लाख मुस्लिम समुदाय सहभागी हुने बताइएको छ 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*