पारिश्रमिक माग्दै शिक्षकको धर्ना, एक सातादेखि पढाइ ठप्प, टायर बालेर विद्यार्थीको आन्दोलन

हेटौडा न्युज
२ फाल्गुन २०७६, शुक्रबार २३:३४
;

विद्यालय तथा क्याम्पस भन्‍ने साथ विद्या आर्जन गर्ने ठाउँ सरस्वतीको मन्दिर भन्‍ने गरिन्छ। तर, वीरगन्जमा रहेको मुलुककै जेठो क्याम्पस मध्येको ठाकुरराम बहुमुखी क्याम्पसमा यतिवेला यो भनाइ मित्थ्या जस्तै भएको छ। क्याम्पसभित्रै टायर बालेर आन्दोलन भइरहेको छ।

त्यहि भवनमा क्याम्पसका ३९ जना आंशिक शिक्षक धर्नामा बसेका छन्। उनीहरू गएको फागुन २९ गतेबाट पठनपाठन ठप्प पारी धर्नामा नै उत्रिएपछि विद्यार्थीले पनि क्याम्पस भवनभित्रै टाएर बालेर आन्दोलन गर्न थालेका हुन्। आंशिक शिक्षकको भनाइ १५ वर्षदेखि आफूहरूको पारिश्रमिक नपाएको भन्‍ने छ।

श्रम गरेपछि पारिश्रमिक पाउनु पर्ने र करारको व्यवस्था गरिनु पर्ने उनीहरूको माग छ। एक सूत्रीय माग राखी आंशिक शिक्षक आन्दोलित भएपछि विद्यार्थी पनि पढाइ हुनुपर्ने मागराखी तोडफोड र आगजनीमा उत्रिएका छन्। क्याम्पस प्रशासन भने मौन छ। यहाँबाट केही हुन सक्दैन : सहायक क्याम्पस प्रमुख लामिछाने देशको मन्त्री र प्रधानमन्त्री सम्मका व्यक्ति उत्पादन गर्न सफल यो क्याम्पसको व्यवस्थापन पक्षको पहले भने शून्य प्रायः छ।

आंशिक शिक्षकको करारको कुरा र पारिश्रमिकको कुरा आफूहरूको बहसभन्दा बाहिरको कुरा भएको क्याम्पसका सहायक क्याम्पस प्रमुख रोशन लामिछानेले बताए। 'कलेजको ८० प्रतिशत अध्यापनको लोड आँशिक शिक्षकबाट नै छ। उनीहरूले कक्षा नलिएपछि क्याम्पसको पढाइ ठप्प छ। अझ यो समय भनेको विद्यार्थीका लागि पिक आवर हो।

तर, माथिबाट ठोस जवाफ नआएसम्म यहाँबाट केही गर्न सकिन्‍न' उनले भने। पढाइ र साधारण पूर्वाधार होस् : विद्यार्थी विद्यार्थी रामपुकार पासवान, मुन्ति कुमारी साह, विशाल साह कानु, सलोनी कुमारी अम्रेश पटेललगायतले पढाइ नभएकोले बाध्य भएर क्याम्पसभित्र टायरबाली दबाब दिएको दावी गरे। 'न पढाइ हुन्छ? न त विल्डिङ सही छ? न लाइब्रेरीमा किताब छ? न त शिक्षक नै? कलेजमा पानी शैचालय समेतको सामान्य व्यवस्था समेत क्याम्पस प्रशासनले नगरे पछि बाध्य भएर अलि आक्रोशित हुन परेको छ' उनीहरूले भने 'पढाइ होस्। सामान्य क्याम्पस भन्‍न सुहाउने पूर्वाधारको व्यवस्था होस् हामी कुनै आन्दोलन गर्दैनौँ।'स्रोतः थाहाखबर

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*