एक सय ८५  नेपाली लिन  नेपाल एयरलाइन्सको जहाज चिन जाँदै

हेटौडा न्युज
३ फाल्गुन २०७६, शनिबार १४:२७
;

चिनमा रहेका नेपाली नागरिकलाई लिन आज नेपाल एयरलाइन्सको जहाज चिन जाने भएको छ । कोरोना भाइरसका कारण स्वदेश फर्किन चाहेका एक सय ८५  नेपाली लिन जहाज चीनको हुबेई प्रान्तको वुहान सहर जान लागेको हो ।

शनिबार दिउँसो ३ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको विमान साँझ ६ः४५ मा वुहान पुग्ने त्यसको दुई घण्टापछि नै काठमाडौं फर्किने समय तालिका रहेको छ । चीनमा रहेका नेपाली बोकेको बिमान आइतबार बिहान २ः१५ मा नेपाल आइपुग्नेछ । 

चीन जान लागेको नेपाल वायुसेवा निगमको ३३०–२०० सिरिजको २७४ सिटे वाइडबडी जहाजमा विशेष तालिमप्राप्त टोली पनि हुनेछन् ।  

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*