मकवानपुरको मनहरीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु, एक गम्भीर घाईते

मकवानपुरको मनहरीमा ट्रक दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् ।आज शनिबार मनहरी गाउँपालिका–६ मा गोरु बोकेको ट्रक पल्टिँदा रूपन्देही धकदही गाउँपालिका–३ घर भएका का २६ बर्षीय अकबर खानको मृत्यु भएको हो ।
रुपन्देही रोहनी गाउँपालिका–६ घर भएका ४० वर्षीय मकबुल महरु मुसलमान गम्भिर घाइते भएको मनहरी प्रहरीले जनाएको छ । मनहरीका प्रहरी निरीक्षक श्रीशंकर श्रेष्ठका अनुसार घाइते भएका महरुको चितवनस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । मृतक खान र घाइते महरु दुवै गोरु बेक्ने ट्रकमा चरुवा हुन् ।
नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख २३७ नम्बरको ट्रक अन्दाजी आज बिहान साढे ९ बजे अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ । ट्रक चालक र सहचालक फरार रहेको प्रहरीले जनाएको छ ।