ट्याक्टरको ठक्करबाट ११ वर्षीय बालिकाको मृत्यु
ट्याक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । शनिबार बिहान १० भिमानबाट सिन्धुलीतर्फ बालुवा बोकेर आईरहेको ना३त३८९७ नम्बरको ट्याक्टरले कमलामाई नगरपालिका वडा नं ११ मा ४ वर्षिय बालिका यस्कर वार्ईवालाई ठक्कर दिएको हो ।
ट्याक्टरको ठक्करबाट घाइते भएकी कनपा ११ की वार्ईवाको उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको हो । सिन्धुली अस्पतालमा सामान्य उपचारपछि उनलाई काठमाडौँ लगिएको थियो ।
उनको सुनकोशी गाउँपालिकाको रातामाटामा पुग्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । ट्याक्टर चालक कमलामाई नगरपालिका वडा नं. ७ का २१ वर्षिय मदन स्याङ्वालाई नियन्त्रणमा लिइएको डिएसपी श्याम बहादुर खत्रीले जनाएको छ ।










