खानेपानीको ६ लाख रकम हिनामिना गरेको आरोपमा वडाअध्यक्षसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
खानेपानीको ६ लाख रकम हिनामिना गरेको आरोपमा सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका वडा नम्बर-६ का अध्यक्ष कैलाश थापासहित ६ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियारले रकम हिनामिनामा संलग्न भएको आरोपमा वडाध्यक्ष थापासहित लिसंखुपाखर गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत निरन्जन पाख्रिन, तत्कालीन लेखापाल सुरेन्द्रबहादुर तितजुका, तत्कालीन असिस्टेन्ट सव-इन्जिनियर लिलबहादुर पाण्डेविरुद्ध पनि भ्रष्टाचार मुद्दा चलाएको हो ।
जिल्ला खानेपानी योजनाको कागजपत्र नक्कली बनाएर बनाएर कामै नगरी ६ लाख रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ ।