पत्रकारलाई छलफलमा बोलाएर कांग्रेसी कार्यकर्ताले निर्घात पिटे, पूर्वराज्यमन्त्री रमिते
। नेपाल प्रेस युनियन बाजुराका अध्यक्ष प्रेम रौलेमाथि कुटपिट भएको छ । सोमबार बिहान छलफलका लागि बोलाएर कांग्रेसी कार्यकर्ताले रौलेलाई निर्घात कुटपिट गरेका हुन् ।
उनी राष्टिय समाचार समितिमा कार्यरत छन् । आइतबार मात्र कांग्रेसी कार्यकर्ताबाट आफ्नो ज्यान जोखिममा भएको भन्दै उनले प्रेस युनियनका साथै कांग्रेसको साधारण सदस्यसमेत नरहने गरी पदबाट राजीनामा दिएका थिए ।
आफूलाई नेपाली कांग्रेसका कार्यक्रता हिरेन्द्र रोकायाले कुटपिट गरेको रौलेले बताएका छन् । केही दिनदेखि रेडीयो पौरखीको परिक्षाका बिषय लिएर कांग्रेस कार्यक्रता रौलेमाथि खनिएका थिए ।
दुई दिन अगाडी रेडियो पौरखीमा स्टेशन म्यानेजर पदका लागि भएको परिक्षाको बिबाद हुँदा रौलेले परिक्षासमेत बहिस्कार गरेका थिए ।
प्रेस यूनियन बाजुराको अध्यक्ष पदबाट राजीनामा दिएको घोषणपछि कांग्रेसका नेता तथा कार्यक्रताहले फोनमा धम्की दिनुको साथै आज बिहान पार्टी कार्यालयमा बोलाएर कुटपिट गरेका हुन् । पत्रकार रौले रेडियो पौरखीको स्टेशन म्यानेजर पदका लागि दरखास्त दिएका थिए ।
कांग्रेस कार्यक्रता हिरेन्द्र रोकायाले कुटपिट गर्दा पनि नेपाली कांग्रेस सभापति कविराज पण्डित, पूर्व भूमिसुधार सहायकमन्त्री जनकराज गिरीलगायत मूकदर्शक बनेर रमिता हेरेर बसेको रौलेको भनाइ छ । स्रोत: क्यानाडानेपाल