वडाध्यक्षको सही कीर्ते गरी जग्गा किनबेच गर्ने ४ जनालाई एक वर्ष कैद, १८ हजार जरिवाना

हेटौडा न्युज
५ फाल्गुन २०७६, सोमबार १८:१५
;

वडाध्यक्षको दस्तखत कीर्ते गर्ने चार जनालाई जिल्ला आदालतले जनही एक वर्ष कैद, १८ हजार जरिवाना गरेको छ । लमजुङमा जग्गा किन्ने, बेच्ने र त्यस्तो चाजोपाजो मिलाउनेहरू ६ जनालाई जिल्ला अदालतले यस्तो सजाय तोकेको हो ।

बेसीशहर नगरपालिका– ४ पुरानकोट निवासी गनमाया गुरुङले आफ्नो ३२ रोपनी १५ आना जग्गा चितवनका पुरुषोत्तम वाग्लेलाई विक्री गर्ने क्रममा वडाध्यक्षको दस्तखत कीर्ते भएको जिल्ला अदालतले ठहर गरेको छ ।  जिल्ला अदालतका स्रेस्तेदार जगतबहादुर भण्डारीका अनुसार  अदालतबाट सजाय तोकिएकाहरूमा कीर्ते गर्ने ठहर भएका बेसीशहर नगरपालिका– ३ का काजीमान दमै, सोही नपा– ४ की हरीमाया गुरुङ, बेसीशहर नगरपालिका– ८ का बसन्त बराल र बेसीशहर– ९ का मिलन गुरुङलाई एक एक वर्ष कैद र १८ हजार रुपैयाँका दरले जरीवाना तोकिएको छ । उनीहरू चारैजनालाई लिखत कसुर र ठगी मुद्दामा सजाय भएको जनाएको छ । 

त्यस्तै उक्त जग्गा किन्ने दुई जनालाई ठगी मुद्दामा सजाय भएको छ ।  जिल्ला न्यायाधीश हरिश्चन्द्र ढुंगानाको इजलासले नुवाकोट जिल्ला सेक्रेका विनोद तामाङ र काभ्रे जिल्लाको सिपाली चिलाउने निवासी बुद्ध लामालाई जनही आठ मिहना कैद सजाय र ८÷८ हजार जरिवानाको फैसला सुनाएको छ । 

उनीहरूका विरुद्धमा उक्त वडाका अध्यक्ष लालबीर गुरुङले उजुरी दिएका थिए । ती चार जना व्यक्तिले यसअघि पनि आफ्नो गाउँका डुकबीर गुरुङका दुई श्रीमती सुनसरी र गनमायाको नाउँमा हरेको ४४ रोपन ९ आना ३ पैसा जग्गा कीर्ते गरी विक्री गरेको नुवाकोटका तामाङ र काभ्रेका लामालाई प्रहरीले पक्राउ गरी कारबाही गरिसकेको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*