अनेरास्ववियु र नेविसंघको समूहबीच झडप हुँदा केही विद्यार्थी घाइते, ६ जना पक्राउ

हेटौडा न्युज
५ फाल्गुन २०७६, सोमबार १९:१०
;

अनेरास्ववियु र नेविसंघको समूहबीच झडप भएको छ । वनभोजको विषयलाई लिएर रत्नराज्य क्याम्पस ९आरआर० मा झडप भएपछि केही विद्यार्थी घाइते भएको बताइएको छ । 

दुवै पक्षका ६ जनालाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी परिसर काठमाडौंका डीएसपी होबिन्द्र बोगटीले जनाएको छ । 
झडपमा सुमन खड्का, अविष्कार पौडेल, कुशल बस्नेत घाइते भएको नेविसंघले जनाएको छ । काठमाडौं मोेडेल अस्पतालबाट उपचारपछि सबै घाइते फर्किएको नेविसंघका नेता उत्तम साउदले जनाएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*