शुकराम मिजारको घरमा बम फेला 

हेटौडा न्युज
५ फाल्गुन २०७६, सोमबार १९:५७
;

ललितपुरमा बम फेला परेको छ । गोदावरी नगरपालिकास्थित लेलेमा शुकराम मिजारको घरमा बम भेटिएको हो ।  घरको माथि स्लाब निस्किएको ठाउँमा ग्रिनेड देखेपछि गाउँलेले प्रहरीलाई जानकारी गराएको थियो ।  

खबरपछि घटनास्थल पुगेको प्रहरीले उक्त वस्तु प्लाष्टिक ह्याण्ड ग्रीनेट बम भएको जनाएको छ । अहिले सेनाको डिस्पोजल टोलीले बम डिस्पोज गर्ने तयारी गरिरहेको डीएसपी ओझाले बताए । बम किन र कसले राख्यो भन्ने अनुसन्धान भइरहेको ओझाले जानकारी दिए। 

यसअघि गोंगबुमा शंकास्पद वस्तु फेला परेको थियो । 

यसमा तपाइको मत

Your email address will not be published.


*