विद्युतीय तार भूमिगत गर्ने महत्वाकांक्षी परियोजना काठमाडौंबाट सुरु

हेटौडा न्युज
५ फाल्गुन २०७६, सोमबार २०:५५
;

विद्युतीय तार भूमिगत बनाउने महत्वाकांक्षी परियोजना काठमाडौं उपत्यकामा आजबाट सुरु भएको छ । काठमाडौंको महाराजगञ्जबाट प्रधानमन्त्री केपी शर्मा ओलीले परियोजनाको कार्यको सुरुवात गरेका हुन् ।

पहिलो चरणमा काठमाडौंको महाराजगञ्ज र रत्‍नपार्क क्षेत्रमा तार भूमिगत गरिने छ । त्यसलाई क्रमशः अन्यत्र विस्तार गरिँदै लैजाने सरकारको योजना छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको निर्देशनमा नेपाल विद्युत् प्राधिकरणले अगाडि बढाएको भूमिगत बनाउने कार्यक्रमको शिलान्याशपछि आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले विकासको नयाँ अध्याय सुरु भएको बताए । उनले विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत भएपछि सहरको सौन्दर्य बढ्ने उल्लेख गर्दै कुरुपताको अन्त्य हुने विश्वास व्यक्त गरे । उनले यसबाट आम जनतालाई पनि सहज हुने र सेवा पनि सरल रुपमा प्राप्त गर्न सकिने स्पष्ट पारे ।

प्रधानमन्त्रीले भने, योजना सम्पन्न भएपछि गुजुल्टिएको तार हट्छ । अब सहर कुरुप हुँदैन, चिटिक्कको सहर बन्छ। पोलभरि गुजुल्टिएको तार देख्ने दिन अन्त्यका लागि यो काम भइरहेको छ।ु विद्युत्, टेलिफोनलगायत तार भूमिगत गर्ने काम काठमाडौंको महाराजगञ्जबाट सुरु भए पनि यसलाई देशका प्रमुख सहरमा विस्तार गरिने प्रधानमन्त्रीको भनाइ थियो। सरकारले विकास निर्माणको कामलाई प्रभावकारी रुपमा अगाडि बढाएको जानकारी दिँदै उहाँले केही मान्छेलाई भने पीर परेको बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*