मकवानपुरमा ६५ वटा साइबर क्राइमको मुद्दा दर्ता, सबैे मुद्दा हेर्ने व्यवस्था नभएपछि काठमाडौं

हेटौडा न्युज
५ फाल्गुन २०७६, सोमबार २२:२४
;

मकवानपुरमा ६५ वटा साइबर अपराधका मुद्दा दर्ता भएको छ ।  चालु आर्थिक वर्षमा ५ जना पुरुष र ६० जना महिला महिलाले मुद्धा दर्ता गराएका हुन् ।

दर्ता भएका अधिकांश मुद्दा आफ्नो तस्बीर राखेर अरुको आईडी चलाउने गरेको र अश्लील तस्बीर पठाउने गरेको पाइएको प्रहरीले जनाएको छ ।  जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक ललन प्रसाद कुर्मीका अनुसार ती सबै मुद्दा हेर्ने व्यवस्था नभएकोले काठमाडौंमा पठाइएको छ । 

इमो, फेसबुक ह्याक, फेक आईडी जस्ता कामले जिल्लामा साइवर क्राइमको उजुरी पर्ने गरेको प्रहरी कुर्मीले जनाएको छ । प्रहरी निरीक्षक अनिल अधिकारीका अनुसार केन्द्रमा आव २०७१/०७२ मा २८ वटा, २०७२/०७२ मा ३४ वटा, २०७३/०७४ मा २५ वटा, २०७४/०७५ मा ८१ वटा र २०७५/०७६ मा १ सय ५२ वटा मुद्दा दर्ता भएको छ । चालु आवको साउनदेखि माघको अन्तिमसम्म ७९ वटा मुद्दा दर्ता भएको उनले बताए । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*