घुसरकमसहित सवइन्जिनियर पक्राउ
५ हजार रुपैयाँ घुसरकमसहित भोजपुरको आमचोक गाउँपालिकाका असिष्टेन्ट सवइन्जिनियर बिष्णुकुमार राई पक्राउ परेका छन् ।
हायुखोला खानेपानी योजनाको बिल फरफारक गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग ५ हजार रुपैयाँ घुस लिइसकेको अवस्थामा उनी पक्राउ परेका हुन् ।
आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार घुस मागेको भन्ने विषेश सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उक्त रकम घुस लिइसकेको अवस्थामा वडा नम्बर ७ हर्दिलाबाट उनलाई नियन्त्रणमा लिएको हो ।
यस विषयमा थप अनुसन्धान भईरहेको प्रवक्ता कोइरालाले जनाएको छ ।











