फागुन १४ गते देखि नगरकप भलिबल प्रतियोगिता 

हेटौडा न्युज
६ फाल्गुन २०७६, मंगलवार २१:४५
;

केशबलाल श्रेष्ठ स्मृति प्रतिष्ठान मकवानपुरको आयोजनामा नगरकप महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।

फागुन १४ गते देखि १७ गते सम्म हेटौंडाको हुप्राचौरमा खेलकुद विकास समिति मकवानपुरको संयोजनमा हुने महिला तथा पुरुष भलिबल प्रतियोगिता हुने भएको हो ।

हेटौंडा उपमहानगरपालिकाका सबै वडाहरुको सहभागिता रहने प्रतियोगितामा सम्बन्धित वडाका स्थायी बसोबास गर्ने खेलाडीले मात्र भाग लिन पाउने छन् भने एक वडाबाट पुरुष र महिलाको एक–एक वटा टिम सहभागी हुन पाउने छन् ।

प्रतियोगिताको प्रथम हुने टिमले ५० हजार नगद सहित शल्ड तथा मेडल पाउने छन् भने द्धितिय हुने टिमले ३० हजार नगद सहित शिल्ड तथा मेडल प्राप्त गर्ने छन् ।

प्रतियोगिताको सेमिफाईनलमा पुग्ने टिमले १० हजार, उत्कृष्ट खेलाडीलाई ५ हजार र विधागत तर्फका उत्कृष्ट खेलाडीहरुलाई पनि पुरस्कृत गरीने बताइएको छ ।

लिगकम नकआउटका आधारमा खेलाइने प्रतियोगिताको उद्धघाटन हेटौंडा उपमहानगरपालिका प्रमुख मेयर हरी बहादुर महतले गर्ने छन् ।

प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख रुपैंया लाग्ने बताइएको छ ।
 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*