२७ सहकारी संस्था हाल झोलामा मात्रै सिमित
गोदावरीका २७ सहकारी हाल झोलामा रहेका तथ्य फेला परेको छ । गोदावरी नगरपालिका भित्र सञ्चालनमा रहेका १ सय २८ सहकारी मध्ये २७ सहकारी हाल झोलामा मात्र सिमित रहेको पाइएको हो ।
ती सहकारीले महिनाको एक पटक कार्यालय खोल्ने तथा साधारणसभा गरे पनि जानकारी नदिने र सम्पर्कमा नरहने गरेका छन् । नगरपालिकाभित्र सञ्चालित १ सय २८ मध्ये एउटा सहकारीको कार्यक्षेत्र प्रदेशमा पुगेको गोदावरी नगरपालि सहकारी शाखाले जनाएको छ ।
गत आर्थिक वर्ष २०७५–७६ भित्र गोदावरीमा रहेका कुल सहकारी मध्ये ६१ बचत तथा ऋण, ४५ कृषि, १७ बहुउद्देश्यीय, एक–एकवटा दुग्ध, पर्यटन र साझा सहकारी रहेको शाखाले जनाएको छ ।
गोदावरीमा सञ्चालित यी सहकारीका सञ्चालकलाई सहकारी ऐन, सहकारी विनियमावली, सम्पत्ति शुद्धीकरण र लेखा परीक्षणका बारे कमै जानकारी रहेको जनाइएको छ ।