दुर्घटना हुँदा नेपाली सेनाका मेजर सिलवालको मृत्यु
सल्यानमा दुर्घटना हुँदा नेपाली सेनाका मेजरको मृत्यु भएको छ । चोरखालमा भएको सवारी दुर्घटना मा गम्भीर घाइते मेजर ईश्वर सिलवालको वीरेन्द्र सैनिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
सिलवाल सेनाको सबुज गणमा कार्यरत् थिए । सल्यानको कपुरकोटबाट बुटवल आउँदै गरेको सेनाको लु१ग १२३ नम्बरको गाडी २९ माघमा दुर्घटना हुँदा जवान २९ वर्षीय यादवराज ढरेलको घटनास्थलमै मृत्यु भएको थियो ।
दुर्घटनामा मेजर सिलवालसहित जवान रोशन हिटन, हवल्दार जयप्रकाश बोहोरा, मोहन बहादुर थापा, विशाल गुरुङ, विपिन श्रेष्ठलगायत घाइते भएका थिए । अन्यको उपचार भइरहेको नेपाल्ी सेनाले जनाएको छ ।