इन्स्पेक्टर हुँ भन्दै ठगी गर्ने वाग्ले पक्राउ

हेटौडा न्युज
७ फाल्गुन २०७६, बुधबार १९:०७
;

आफु नेपाल प्रहरीको प्रहरी निरीक्षक (इन्स्पेक्टर) भएको भन्दै ठगी गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्ण कोइरालाका अनुसार  इलाका प्रहरी कार्यालय, काँकरभिट्टाको टोलीले उदयपुरको त्रियुगा नगरपालिका–३, झुल्केका २२ वर्षीय विजय वाग्लेलाई पक्राउ गरेको हो । 

असईमा जागिर लागाईदिन्छु भन्दै जनासँग ५० हजार र अर्कासँग एक लाख रुपैयाँ लिएर समपर्क विहिन भएपछि पीडितले इलाका प्रहरी कार्यालय, काँकरभिट्टामा सम्पर्क गरेका थिए । त्यसपछि नक्कली इन्स्पेक्टरको रहस्य खुलेको प्रहरीले जनाएको छ । 

उनीविरुद्ध जिल्ला अदालत, झापाबाट मुलुकी अपराध संहिताको ठगी तथा सरकारी कागजात कीर्ते सम्बन्धी कसूरमा म्याद थप गरेर विस्तृत अनुसन्धान सुरु भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*