चीनबाट नेपाल ल्याएका नेपालीहरु कसैमा कोरोना भाइरस देखिएनः स्वास्थ्य मन्त्रालय

हेटौडा न्युज
७ फाल्गुन २०७६, बुधबार १९:३६
;

चीनबाट नेपाल ल्याएका नेपालीहरुको स्वास्थ्य परीक्षणका क्रममा कसैमा पनि कोरोना भाइरस नभएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले बुधबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता महेन्द्र श्रेष्ठले फागुन ४ गते चीनको ऊहानबाट ल्याएका १७५ जनाकै स्वास्थ्य परीक्षण गरिएको उनले बताएका छन् । चीनबाट ल्याइएका  कसैमा पनि कोरोना भाइरसको संक्रमण नभेटिएको प्रवक्ता श्रेष्ठले जनाएका छन् ।

मन्त्रालयले कोरोना भाइरस फैलन नदिन सरकारले निगरानी गरिरहेको भन्दै संक्रमण फैलन नदिन आवाश्यक तयारी गरिरहेको जनाएको छ । सरकारले गत फागुन ४ गते चीनबाट १७५ जना नेपालीको उद्दार गरेर भक्तपुरमा राखिएको छ । 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*